धादिङमा आज परिक्षण नहुदा थपिएनन् नयाँ संक्रमित:१५ संक्रमित संक्रमण मुक्त

धादिङका थप १५ जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा जिल्लामा परिक्षण नहुदा पोजिटिभ केश नदेखिएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।

जिल्लामा हाल सक्रिय संक्रमित १२ जना बाँकी रहेका छन्।संक्रमित सबै होम आइसोलेसनमा रहेका छन् ।जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या १० हजार ४९२ पुगेको छ।संक्रमित मध्ये ९ हजार ४१६ निको भईसकेका छन् भने संक्रमणका कारण ८१ जनाले ज्यान गुमाएका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्