सिकाई उपलब्धि बृद्धिको लागि विद्यालय विकासमा सरोकारवालाहरूको भूमिका विषयक २ दिने कार्यशाला सम्पन्न

गजुरीको सन्तानेश्वर आविमा बालबालिकाहरुको शैक्षिक सुधारको लागि विद्यालय विकासमा सरोकारवालाहरूको भूमिका विषयक कार्यशाला सम्पन्न भएको छ ।

विद्यालयका सरोकारवालाहरुको शैक्षिक ज्ञान, सीप तथा क्षमता अभिबृद्धि मार्फत बालमैत्री वातावरण तयार गरि सिकाई उपलब्धि बृद्धिमा सहयोगको लागि शैक्षिक सुधार सम्बन्धि शुक्रबारदेखी सञ्चालन गरिएको कार्यशाला शनिबार सम्पन्न भएको हो।

कार्यशालामा बिद्यालय सेवा क्षेत्र भित्रका बालबालिकाहरुका लागि सिकाई वातावरण सिर्जनामा सहजताको लागि विद्यालय व्यवस्थापन समिति,शिक्षक अभिभावक संघ, प्रधानाध्यापक, शिक्षक र बालक्लब पदाधिकारी लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियोे ।

कार्यशालामा विद्यालय व्यवस्थापन समिति,शिक्षक अभिभावक संघ, प्रधानाध्यापक, शिक्षक र बालक्लब पदाधिकारीको काम, कर्तव्य र भुमिका र उत्तरदायित्व,कक्षा कोठामा बालमैत्री सामाग्री सहयोग र बालबालिकाहरुको शैक्षिक सवालहरु, आचार संहिता, बिद्यालयमा आर्थिक पारदर्शिता, बाल अधिकार , बालबालिका र अभिभावकहरु बिचको सम्बन्ध मझभुत बनाउने तौरतरिका, वाल विकास केन्द्रको पाठ्यक्रम लगायतका बिषयबस्तुमा प्रयास नेपाल धादिङका कर्मचारीहरु रेनुका रूपाखेती र नवराज लामिछानेले सहजीकरण गर्नु भएको थियो ।

शैक्षिक विकास तथा सिकाई उपलब्धि बृद्धि र बोध सहितको शिक्षण प्रणाली प्रबर्द्धन गर्न बिद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ लगायत बिद्यालयसँग सम्बन्धित सरोकारवालाहरुसँग अन्तरक्रियात्मक कार्यशालामा सहयोग गरिएको प्रयास नेपालका रेनुका रुपाखेती बताउनु भयो ।

गजुरी गाउँपालिका, प्लानेट ईनफान्ट एण्ड डेभलपमेन्टको साझेदारीमा प्रयास नेपाल धादिङले सम्बन्धित बिद्यालयसँग समन्वय र सहकार्यमा सञ्चालन गरि गजुरी गाउँपालिकाका सबै ४५ सामुदायिक विद्यालयहरुमा बाल बिकास कार्यक्रम सञ्चालन गरेको छ।
बिद्यालय बालमैत्री वातावरण सिर्जना गर्न किन जरुरी छ, सिकाईमा बालमनोभावना अनुसार सहजिकरण गर्ने तरिका, स्थानीय स्तरमा उपलब्धि बस्तुहरुलाई कसरी शैक्षिक सामाग्रीको रुपमा प्रयोग गर्ने,बालबालिका र पारिवारिक सदस्यको सुमधुर सम्बन्ध, परिवारले बालबालिकालाई गर्नु पर्ने स्याहार तथा हेरचाह,अभिभावकसँग छलफल तथा सचेतना सेसन सञ्चालन बिधि बिद्यालय व्यवस्थापन समिति ,शिक्षक अभिभावक संघ, शिक्षक, बालबालिकाहरुको काम कर्तव्य र उत्तरदायित्व र पालना गर्नु पर्ने आचार संहिता लगायतका बिषयमा प्रयास नेपाल धादिङ कार्यक्रम सहदेव पण्डित,रेनुका रुपाखेती,नवराज लामिछानेले सहजिकरण गर्नु भएको थियोे ।

कार्यशाला पछि बिद्यालयको शैक्षिक सुधार लागि कार्ययोजना र बिद्यालयका शिक्षक, बिद्यार्थी ,अभिभावक लगायत सबै सरोकारवालाहरुको लागि आचार संहिता तयार गरि कार्यान्वयन गर्ने प्रति प्रतिबद्धता सन्तानेश्वर आविका प्रधानाध्यापक सबिना वरैले बताउनु भयो ।

बिद्यालयका व्यवस्थापन समितिका अध्यक्ष प्रदिन सुबेदीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा गजुरी गाउपालिका वडा नं ६ को वडा अध्यक्ष अर्जुन बहादुर भुजेल , गजुरी गा पा वडा नं ६ का वडा सदस्य सन्तोष अधिकारी र शिक्षक अभिभावक शंघको संयोजक कृष्ण प्रसार प्रसाईले आतिथ्यता रहेको थियो ।

गजुरी गाउपालिका वडा नं ६ को वडा अध्यक्ष अर्जुन बहादुर भुजेलले वडाका सबै विद्यालय मा यो कार्यक्रम आवश्यक रहेको र विद्यालय सुधार को लागि सरोकारवाला निकायले आ आफ्नो जिम्वारी पुरा गर्न अनुरोध गर्दै वडा कार्यालय बाट सक्ने कार्य गर्न पछि नपर्ने प्रतिवद्धता जाहेर गर्नुभयो।

No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्