भोलीदेखी धादिङमा जिल्ला तथा राष्ट्रिय खुल्ला ब्याडमिण्टन प्रतियोगिता हुने

धादिङमा भोलि आईतबारदेखी जिल्ला तथा राष्ट्रिय खुल्ला ब्याडमिण्टन प्रतियोगिता सुरु हुदैँछ ।धादिङ जिल्ला ब्याडमिण्टन संघ धादिङको आयोजना तथा नीलकण्ठ नगरपालिकाको आर्थिक सहयोगमा धादिङबेशीस्थित कर्भड हलमा जिल्ला तथा राष्ट्रिय खुल्ला ब्याडमिण्टन प्रतियोगिता ‘दोस्रो मेयर कप’ २०७८ भोलिदेखी सुरु हुन लागेको हो।

प्रतियोगिताको सम्पूर्ण तयारीको सकिएको र भोली बिहानबाट जिल्ला स्तरीय प्रतियोगिता सुरु हुने जिल्ला ब्याडमिण्टन संघ धादिङका अध्यक्ष विष्णुलाल श्रेष्ठले बताउनुभयो । श्रेष्ठका अनुसार भोलीदेखि खेल सुरुभएपनि प्रतियोगिताको उद्घाटन भने फागुन १६ गते गरिने भएको छ । आजसाँझ सम्म टिम दर्ता हुने र जिल्ला बाहिरको ७० टिम र जिल्ला भित्रको गरि १५० भन्दा बढी टिम सहभागि हुने अनुमान गरिएको छ।

जिल्ला स्तरीय तर्फ, पुरुष एकल, महिला एकल र पुरुष युगलका खेलहरु हुनेछन् भने, राष्ट्रिय स्तरमा अण्डर १७ केटी÷केटी, ४५ प्लस पुरुष युगल, ५५ प्लस पुरुष युगल, खुल्ला पुरुष युगल लगायतका खेलहरु हुने आयोजकले जनाएको छ ।

जिल्ला स्तरीय तर्फ पुरुष एकल र पुरुष युगल लाई पुरस्कार राशी प्रथम, द्धितिय र तृत्तिय हुनेलाई क्रमश २५–२५, २०–२० र १२–१२ हजार रहेको छ ।यस्तै जिल्ला स्तरीय महिला तर्फ प्रथमलाई १२ हजार, दितियलाई ७ हजार र तृतियलाई ७ हजार, जिल्ला स्तरीय पालिका तर्फ पुरुष युगल बी तर्फ प्रथम २५ हजार, द्धितिय १५ हजार र तृतियलाई १० हजार पुरस्कार दिईने आयोजकले जनाएको छ ।

त्यसैगरी राष्ट्रिय स्तरीय तर्फ पुरुष युगल (¥याङ्किङ २० बाहेक ) तर्फ प्रथम २५ हजार द्धितिय १५ हजार र तृतियलाई १० हजार पुरस्कार । राष्ट्रिय स्तर अण्डर १७ केटा एकल तर्फ प्रथमलाई २५ हजार, दितिय १५ हजार र तृतियलाई १० हजार पुरस्कार दिईने बताईएको छ ।
राष्ट्रिय स्तर भेट्रान्स ४५ प्लस पुरुष युगल तर्फ प्रथमलाई ३५ हजार, द्धितिय २५ हजार र तृतियलाई १५ हजार पुरस्कार र राष्ट्रिय स्तर भेट्रान्स ५५ प्लस युगललाई पनि प्रथमलाई ३५ हजार, दितिय २५ हजार र तृतियलाई १५ हजार पुरस्कार दिईने जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्