दोस्रो सिद्धलेक धार्मिक पर्यटन तथा साँस्कृतिक महोत्सवको तयारी पुरा

धादिङको सिद्धलेक(सिद्धबाबा मन्दिरमा) हुने दोस्रो सिद्धलेक धार्मिक पर्यटन तथा साँस्कृतिक महोत्सवको तयारी पुरा भएको छ।

सिद्धलेक ढेवा डाँडा समाज नेपालको आयोजनामा भोलि मंगलबार शिवरात्रीको अवसरमा विविध सांस्कृतिक कार्यक्रम सहित आयोजना गरिएको महोत्सवको सम्पुर्ण तयारी पुरा भएको आयोजकका सल्लाहाकार अमृत गुरुङ(तिलक)ले जानकारी दिनुभयो।

महोत्सव स्थलको लागि स्टेज, सरसफाई, पानी, स्वयम्सेवक,यातायात साधनको व्यवस्थापन लगाएत सबै तयारी सकिएको गुरुङले बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरु खेम सेन्चुरि, रविन लामिछाने, रिता रावत, विन्दा परियार लगायत स्थानीय कलाकारहरुको साथमा गोधुलि साँस्कृतिक परिवारको विशेष प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ।साथै खेलाडीहरुद्वारा रोडिज पनि प्रदर्शन गरिने कार्यक्रम तय भएको छ ।

कार्यक्रमको अवसरमा खुल्ला रक्तदान कार्यक्रमको समेत आयोजना गरिएको गुरुङले जानकारी दिनुभयो ।
गतबर्ष सांस्कृतिक कार्यक्रम ढिला सुरु भएपनि यस बर्ष भने १० बजेबाट नै कार्यक्रम सुरु हुने छ ।

जिल्लाकै ऐतिहासिक धार्मिक तथा पर्यटन स्थल धादिङ्गको सिद्धलेक गाँउपालिकाभित्र पर्ने साविकको नलाङ्ग र सलाङ्ग (हाल वडा नं. २, ३ र ४) को सिमानामा अवस्थित सिद्धलेक तथा ढेवा डाँडामा हरेक बर्ष महाशिवरात्रीमा मेला लाग्ने गर्दछ ।आयोजकले उक्त धार्मिक तथा सांस्कृतिक महोत्सवमा सहभागि हुन सम्पुर्णलाई अपिल गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्