मानसिक स्वास्थ्य सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

धादिङको नीलकण्ठ नगरपालिकाको आयोजनामा धादिङबेसीमा मानसिक स्वास्थ्य सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। मानसिक स्वास्थ्य सम्बन्धि जनचेतना फैलाउने र मानसिक विरामीलाई उपचारमा सहयोग गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको स्वास्थ्य शाखा प्रमुख विष्णु प्रसाद रिजालले जानकारी दिनुभयो ।

नीलकण्ठ नगरपालिकाले मानसिक स्वास्थ्य क्षेत्रमा विभिन्न जनचेतना मुलक कार्यक्रम गरिरहेको भन्दै उहाँले यस सम्बन्धी नगरपालिकाले समुदाय स्तरमै गएर जनचेतना फैलाउने काम गरिरहेको बताउनुभयो।यसैगरी कार्यक्रममा जनस्वास्थ्य निरिक्षक शिव रानाले नीलकण्ठ नगरपालिकाले मानिसक स्वास्थ्य क्षेत्रमा जनचेतना मुलक कार्यक्रम गरिरहेको बताउनु भएको छ।

मानसिक बिरामीहरु उपचार पछि निको हुने भन्दै रानाले समस्या भएकाहरुलाई उपचारमा ल्याउनको लागि हामि सबैले सहयोग गर्नुपर्ने स्पष्ट पार्नुभयो।कार्यक्रममा टिपिओ नेपालका कार्यकारी निर्देशक मनोचिकित्सक डा.कमल गौतमले नेपालमा मानिसक स्वास्थ्यको अवस्था, आत्महत्या रोकथामको लागि गर्नुपर्ने काम र बिरामीहरुलाई उपचारमा ल्याउने प्रक्रियाको बारेमा जानकारी गराउनु भएको थियो ।

यसैगरी विश्व स्वास्थ्य संगठनले तयार पारेको समुदायमा मानसिक स्वास्थ्य दुरी मेटाउने कार्यक्रम सम्बन्धी सहयोगी सामाग्री एमएच ग्याप बारे पनि बृहत छलफल गरि सुझाव संकलन गरिएको छ । नीलकण्ठ नगरपालिकाले सुरक्षित आप्रवासन सामि परियोजना अन्तरगत बैदेशिक रोजगारको कारण उत्पन्न भएका मानसिक स्वास्थ्य समस्या भएकाहरुलाई निशुल्क मनोविमर्श सेवा प्रवाह गरिरहेको छ ।

No description available.
No description available.
No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्