आज महाशिवरात्रि पर्व,धादिङ सहित देशभरका शिवालयमा भक्तजनको भिड

आज महाशिवरात्रि पर्व धादिङसहित देशभरका शिवालयमा भगवान शिवको पूजा अर्चना र रुद्राभिषेक गरी मनाइँदैछ । विभिन्न नामले पुकारिने शिव प्रादुर्भाव भएको दिनका रुपमा शिवरात्रि मनाउने परम्परा चलिआएको हो ।

मध्यरातमा चतुर्दशी परेका दिन महाशिवरात्रि पर्व मनाउने शास्त्रीय विधान रहेको छ । वैदिक सनातन धर्मावलम्बीले वर्षमा मनाउने चारवटा रात्रिमध्ये शिवरात्रि पनि एक हो । शिवले अवतार लिएको रातलाई नै शिवरात्रि भन्ने गरिएको विश्वास गरिन्छ ।

भाद्रकृष्ण अष्टमी अर्थात् श्रीकृष्ण जन्माष्टमीलाई मोहरात्रि, असोज शुक्ल अष्टमी र नवमीको रातको सन्धिलाई कालरात्रि तथा तिहारको लक्ष्मीपूजाको रात्रिलाई सुखरात्रिका रुपमा मनाउने परम्परा हिन्दू धर्मावलम्बीमा छ । धादिङको सिद्धलेक(सिद्धबाबा मन्दिर),गुप्तेश्वर लगाएत देशभरका शिवालयमा दर्शनार्थीको भीड लागेको छ ।

यस्तै धादिङको सिद्धलेक(सिद्धबाबा मन्दिरमा) दोस्रो सिद्धलेक धार्मिक पर्यटन तथा साँस्कृतिक महोत्सवको सुरु भएको छ। सिद्धलेक ढेवा डाँडा समाज नेपालको आयोजनामा आज शिवरात्रीको अवसरमा विविध सांस्कृतिक कार्यक्रम सहित आयोजना गरिएको आयोजकका सल्लाहाकार अमृत गुरुङ(तिलक)ले जानकारी दिनुभयो।महोत्सव स्थलको लागि स्टेज, सरसफाई, पानी, स्वयम्सेवक,यातायात साधनको व्यवस्थापन लगाएत सबै तयारी सकिएको गुरुङले बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरु खेम सेन्चुरि, रविन लामिछाने, रिता रावत, विन्दा परियार लगायत स्थानीय कलाकारहरुको साथमा गोधुलि साँस्कृतिक परिवारको विशेष प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ।साथै खेलाडीहरुद्वारा रोडिज पनि प्रदर्शन गरिने कार्यक्रम तय भएको छ ।

यस बर्ष बिहान १० बजेबाट नै कार्यक्रम सुरु हुने छ । जिल्लाकै ऐतिहासिक धार्मिक तथा पर्यटन स्थल धादिङ्गको सिद्धलेक गाँउपालिकाभित्र पर्ने साविकको नलाङ्ग र सलाङ्ग (हाल वडा नं. २, ३ र ४) को सिमानामा अवस्थित सिद्धलेक तथा ढेवा डाँडामा हरेक बर्ष महाशिवरात्रीमा मेला लाग्ने गर्दछ ।आयोजकले उक्त धार्मिक तथा सांस्कृतिक महोत्सवमा सहभागि हुन सम्पुर्णलाई अपिल गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्