धादिङका थप चार संक्रमित संक्रमण मुक्त,सक्रिय संक्रमित ७ जना बाँकी

धादिङका थप चारजना कोरोना संक्रमित संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा जिल्लामा कोरोना परिक्षण नहुदाँ पोजिटिभ केश नदेखिएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।

जिल्लामा हाल सक्रिय संक्रमित ७ जना बाँकी रहेका छन्।संक्रमित सबै होम आइसोलेसनमा रहेका छन् ।

जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या १० हजार ४९२ पुगेको छ। संक्रमित मध्ये ९ हजार ४२१ निको भईसकेका छन् भने संक्रमणका कारण ८१ जनाले ज्यान गुमाएका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्