धादिङमा आज एक जनामा संक्रमण पुष्टि,सक्रिय संक्रमित ५ जना

धादिङ,१८ फागुन ।
धादिङका थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३ संक्रमित संक्रमण मुक्त भएका छन् ।

जिल्लामा आज ४ एन्टीजेन परिक्षण गर्दा १ जनाको कोरोना पोजिटिभ आएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।

जिल्लामा हाल सक्रिय संक्रमित ५ जना बाँकी रहेका छन्।संक्रमित सबै होम आइसोलेसनमा रहेका छन् ।

जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या १० हजार ४९३ पुगेको छ। संक्रमित मध्ये ९ हजार ४२४ निको भईसकेका छन् भने संक्रमणका कारण ८१ जनाले ज्यान गुमाएका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्