कोरोना अपडेट :१२७ संक्रमित थपिदा ३२१ संक्रमित डिस्चार्ज

धादिङ,१८ फागुन ।

नेपालमा दैनिक कोरोना सङ्क्रमणदर घट्दै गएको छ।

देशभर ६ हजार ८७४ जनाको परीक्षण गर्दा १२७ नयाँ सङ्क्रमित थपिएका छन् भने ३ सय २१ संक्रमित डिस्चार्ज भएका छन्। योसँगै देशभर सक्रिय संक्रमितको संख्या अब ७ हजार ७७० बाँकी रहेको छ।

देशभरका प्रयोगशालाबाट आज ४ हजार ६७२ जनाको पीसीआर गर्दा १२३ जना र २ हजार २०२ जनाको एन्टिजेन परिक्षणमा ४ गरी १२७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

मंगलबार १५८ संक्रमित थपिएका थिए। यो सँगै देशभर संक्रमित हुनेको संख्या ११ लाख १६ हजार ३५७ पुगेको छ भने संक्रमितभई निको हुनेको सङ्ख्या ९ लाख ५७ हजार ४८८ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा संक्रमणका कारण ३ जनाको मृत्यु भएको छ। योसँगै सङ्क्रमणका कारण हालसम्म मृत्यु हुनेको संख्या एघार हजार ९४१ पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्