८ हजार ९३३ परिक्षणमा १२६ जनामा संक्रमण, ३८५ संक्रमित डिस्चार्ज

धादिङ,२० फागुन।

नेपालमा दैनिक कोरोना सङ्क्रमणदर घट्दै गएको छ ।

देशभर ८ हजार ९३३ जनाको परीक्षण गर्दा १२६ नयाँ सङ्क्रमित थपिएका छन् भने ३ सय ८५ संक्रमित डिस्चार्ज भएका छन्। योसँगै देशभर सक्रिय संक्रमितको संख्या अब ७ हजार २४२ बाँकी रहेको छ।

देशभरका प्रयोगशालाबाट आज ७ हजार ९१ जनाको पीसीआर गर्दा १११ जना र १८ सय ४२ जनाको एन्टिजेन परिक्षणमा १५ गरी १२६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

बिहिबार १०५ संक्रमित थपिएका थिए। यो सँगै देशभर संक्रमित हुनेको संख्या ११ लाख १६ हजार ५८८ पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ९ लाख ५८ हजार १९३ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा संक्रमणका कारण १ जनाको मृत्यु भएको छ। योसँगै सङ्क्रमणका कारण हालसम्म मृत्यु हुनेको संख्या एघार हजार ९४५ पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्