नारी जागरण केन्द्रको स्थापना दिवसको अवसरमा ३५ जनाले गरे रक्तदान

धादिङ,२० फागुन ।

२३ औँ स्थापना दिवस एंव ११२ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

नारी जागरण केन्द्र धादिङ र अन्तराष्ट्रिय धादिङ समाज धादिङको आयोजना तथा नारी विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सहआयोजनामा धादिङ अस्पताल परिसरमा भएको रक्तदान कार्यक्रममा १९ जना महिला र १६ जना पुरुष गरि ३५ जनाले रक्तदान गर्नुभएको धादिङ रेडक्रसका उपमन्त्री नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार सेवा केन्द्र धादिङको प्राविधिक सहयोगमा बिहान ९ बजेदेखी दिउँसो ३ बजेसम्म रक्तदान कार्यक्रम भएको थियो।

धादिङमा अभियानकै रुपमा रक्तदान कार्यक्रम आयोजना गरिदै आएको छ। जिल्लामा रगतको अभावलाई न्युनीकरण गर्नको लागी विभिन्न मेला, पर्व, उत्सव, सहकारीको बार्षिक साधारण सभा लगायतको भेला हुने कार्यक्रममा रक्तदान कार्यक्रम राखि धादिङमा रगत संकलन गरीदैँ आएको छ।

चालु आर्थिक बर्षको असार मसान्तसम्म ५ हजार पिन्ट रगत सङ्कलन गर्ने लक्ष्य लिएको धादिङ रेडक्रसले जनाएको छ ।नागरिकमा बिस्तारै चेतनाको स्तर उठ्न थालेपछि जिल्लामा रक्तदान गर्नेको संख्या बढ्न थालेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्