धादिङको गंगाजमुना गाउपालिकाको क्वारेन्टाइनमा रहेका १७ जनाको पीसीआर रिपोर्ट नेगेटिभ

धादिङ,२८ असार ।
धादिङको गंगाजमुना गाउँपालिकाका १७ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । भारतबाट फर्किएर गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बसेका १७ जना पुरुषको पिसिआर रिपोर्ट नेगेटिभ आएको गाउँपालिकाका स्वास्थ्य संयोजक दिपक अधिकारीले जानकारी दिनुभयो । क्वारेन्टाइनमा बसेकाहरुको गत शुक्रबार स्वाव संकलन गरी पठाईएको थियो ।

आईतबार पिसिआर रिपोर्ट नेगेटिभ आएसँगै उनीहरुलाई होम क्वारेनटाईनमा बस्न आग्रह गर्दै घर पठाईएको अधिकारीले बताउनुभयो । हाल गाउँपालिकाको वडा नं ५ स्थित मण्डली मा.विको क्वारेन्टाईनमा ५ जना रहेका छन् । गंगाजमुनामा एउटै मात्र गाउँपालिका स्तरीय क्वारेन्टीन रहेको छ ।  गाउँपालिकाले आफ्नै खर्चमा भिटिएम खरिद गरेर भारतबाट आएकाहरुलाई पिसिआर परिक्षण गरिएको स्वास्थ्य संयोजक अधिकारीको भनाई छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्