धादिङको नेत्रावती डवजोङ गाउँपालिकाको निरञ्जना माध्यमिक बिद्यालयमा पुर्नस्थापना तथा परामर्श तालिम सम्पन्न भएको छ।
शनिबार नेत्रावती डवजोङ गाउँपालिकाको आयोजना तथा धादिङ मनोसामाजिक संस्था नेपालको समन्वयमा वडा नं १ स्थित मार्पाकमा रहेको निरञ्जना माध्यमिक बिद्यालयमा अध्ययनरत किशोरकिशोरीहरुलाई पुर्नस्थापना तथा परामर्श तालिम सञ्चालन गरिएको हो।
तालिममा शिनियर मनोपरामर्शकर्ता रामकुमार थापाले मनोसामाजिक समस्या भनेको के हो ? यसको कारण लक्षण र समाधानका उपायहरु, कडा खालको मानसिक समस्या भनेको के हो र परामर्श भनेको के हो र परामर्श गर्दा ध्यान दिनुपर्ने कुराहरु के के हुन् साथै तनाव व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा बिद्यार्थीहरुलाई सहजिकरण गर्नुभएको थियो ।
पछिल्लो समय मृत्युदरको भारमा नसर्ने रोगहरुकोे भार बढिरहेकोमा मानसिक रोग एक प्रमुख रोग रहेको छ । समुदायस्तरमा मानसिक रोगको उपचारको सहज पहुँच नभएको, धेरैजसो मानसिक रोगको औषधीहरु निःशुल्क पाईने भएतापनी समुदायस्तरमा कार्यरत स्वास्थ्यकर्मिहरुलाई मानसिक स्वास्थ्य सम्बन्धि तालिम नभएको अवस्थामा सर्वसाधरणले सहरमा गएर चर्को मुल्यमा उपचार गराउनुपर्ने बाध्यता रहेको छ।
मानसिक रोगहरुसँग सम्बन्धित विभिन्न लाञ्छाना तथा विभेदको कारणले उपचारको पहुँचमा जान डराउने र उपचारको पहुँचमा पुगेकाहरुले पनि प्रभावकारी उपचारलाई निरन्तरता दिन नसकेको कारण समुदायमा मानसिक समस्या निको नहुने रोगको रुपमा बुझिने गरेको छ ।
धादिङ मनोसामाजिक संस्था(डिपीओ) नेपालले मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग कार्यक्रमलाई समुदायस्तरमा संचालन गर्नका लागी पैरवी गर्दैै आइरहेको छ ।