आज ६८ नयाँ सङ्क्रमित थपिए, थप २ जनाको मृत्यु

धादिङ,२२ फागुन ।

नेपालमा कोरोना भाइरसको संक्रमण पुष्टि हुनेको संख्या एक सयभन्दा तल झरेको छ । देशभर ४ हजार ९२९ जनाको परीक्षण गर्दा ६८ नयाँ सङ्क्रमित थपिएका छन् भने ५ सय ३८ संक्रमित डिस्चार्ज भएका छन्।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या अब ६ हजार ४६१ बाँकी रहेको छ। देशभरका प्रयोगशालाबाट आज ३ हजार १३५ जनाको पीसीआर गर्दा ५४ जना र १७ सय ९४ जनाको एन्टिजेन परिक्षणमा १४ गरी ६८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

शनिबार ९१ संक्रमित थपिएका थिए। यो सँगै देशभर संक्रमित हुनेको संख्या ११ लाख १६ हजार ७४७ पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ९ लाख ५९ हजार ९३ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा संक्रमणका कारण २ जनाको मृत्यु भएसँगै हालसम्म मृत्यु हुनेको संख्या एघार हजार ९४७ पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्