खनियाबास गाउपालिकाका कर्मचारी कुटिए पश्चात सेवा अवरुद्ध,कर्मचारीहरु आन्दोलनमा

धादिङ । धादिङ जिल्लाको खनियाबास गाउपालिकामा कार्यरत कर्मचारीहरुलाई कुटपिट पश्चात कर्मचारीहरुले सेवा अवरुद्ध गरि आन्दोलनमा उत्रिएका छन्।

खनियाबास गाउपालिकाको बिभिन्न वडामा संचालित आयोजनाहरुको अनुगमन, मुल्याङ्कन तथा नापजांच गर्न गएका प्राबिधिकहरुलाई धम्किपुर्ण भाषा प्रयोग गरि गालिगलौज तथा कुटपिट भएपश्चात कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् ।

कुटिनेमा गाउपालिकाका सव ईन्जिनियर प्रवल तामाङ र असिस्टेन्ट सव ईन्जिनियर श्रीसान तामाङ रहेका छन् । गाउँपालिकाका योजना तथा प्रशासन शाखा प्रमुख नवराज श्रेष्ठका अनुसार हाल पालिका र वडा बाट प्रदान गरिने सेवा अवरुद्ध छ । कार्यालय छोडेका छैनौँ,वरिपरि बसेका छौँ उहाँले भन्नुभयो।

जबसम्म कर्मचारीहरुले ढुक्क संग काम गर्ने अवस्था हुदैन तव सव सेवा सुचारु गर्ने अवस्था नरहेको श्रेष्ठको भनाई छ ।गाउँपालिकाको कर्मचारीहरुले आज सयुक्त विज्ञप्ती जारी गर्दै ब्यक्तिगत सुरुक्षा र दोसी उपर कारबाहिको माग गरेका छन् ।

यस्तो छ जारी बिज्ञप्ती

No photo description available.
No photo description available.
May be an image of 5 people, outdoors and tree
May be an image of indoor

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्