श्रमिक महिला दिवसको अवसरमा लोकदोहोरी प्रतियोगिता,नारी जागरण केन्द्रकी सिता सुबेदी समुह प्रथम

धादिङ,२४ फागुन।
११२ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा धादिङबेसीमा लोकदोहोरी प्रतियोगिता सम्पन्न भएको छ।

मंगलबार नीलकण्ठ नगरपालिका धादिङको आयोजना तथा बिभिन्न संघसंस्थाको सह–आयोजनामा ‘सामाजिक न्याय र लैङ्खिक समानताःदिगो विकासको सुनिश्चितता’ भन्ने मुलनाराको साथमा श्रमिक महिला दिवसको अवसरमा लोकदोहोरी प्रतियोगिता सम्पन्न भएको हो। आठ ओटा टिमको सहभागिता रहेको उक्त प्रतियोगितामा नारी जागरण केन्द्रकी सिता सुबेदी समुह प्रथम भएका छन्।

यस्तै नीलकण्ठ नगरपालिकाको भवानी अधिकारी समुह द्धित्तिय, ज्योति महिला सहकारीकी दुर्गा ढुङ्गानाको समुह तृत्तिय र नारी विकास बचत तथा ऋण सहकारीका बिजय लगुन समुह सान्तवना भएका छन्।

प्रतियोगितामा प्रथम, द्धित्तिय, तृत्तिय र सान्तवना हुनेलाई क्रमशः१२ हजार ५००, ८ हजार ७५०, ६ हजार २५० र ३ हजार ७५० नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो।साथै प्रतियोगितामा सहभागि अन्य ४ समुहलाई समेत यातायात खर्च वापत २/२ हजार नगद प्रदान गरिएको आयोजकले जनाएको छ।

प्रतियोगिताको निर्णायक मण्डलमा नीलकण्ठ नगरपालिकाका सल्लाहकार दिपक कोईराला, नारि जागरण केन्द्रकी कार्यकारी निर्देशक भगवती उप्रेती र नीलकण्ठ माविका शिक्षिका पार्वती पौडेल हुनुहुन्थ्यो।

कार्यक्रममा नीलकण्ठ नगरपालिकाका नगरप्रमुख भिम प्रसाद ढुङ्गानाको प्रमुख आतिथ्य तथा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साल, बिभिन्न संघसंस्थाका प्रमुख एवम प्रतिनिधिहरुको आतिथ्य रहेको थियो।

आज ११२ औँ अन्तर्राष्ट्रिय नारी दिव धादिङ सहित देशैभर विभिन्न कार्यक्रम गरि मनाईएको छ।हरेक वर्ष मार्च ८ तारिखमा अन्तर्राष्ट्रिय नारी दिवस मनाउने गरिन्छ ।नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर नारी दिवस मनाउन थालिएको हो ।

सन् १९७५ मा संयुक्त राष्ट्रसङ्घले मार्च ८ लाई अन्तर्राष्ट्रिय नारी दिवसका रुपमा घोषणा गरेको हो । नेपालमा संविधानले लैङ्गिक आधारमा कुनै पनि महिलामा कुनै किसिमका असमान ब्यवहार हुन नदिने प्रष्ट उल्लेख गरेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्