११२ औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा खानिखोलामा अन्तरक्रिया

११२ औ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा धादिङको धुनिबेशीका नगरपालिका स्थित खानिखोलामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। “सामाजिक न्याय र लैङ्गिक समानता:दिगो विकासको सुनिश्चितता“ भन्ने नाराको साथ दिवसको अवसरमा मंगलबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो।

धुनिबेसी नगरपालिकाका उप प्रमुख निरु खरेलको अध्यक्षतामा संचालन भएको अन्तरक्रिया कार्यक्रममा नगरपालिकाका कार्यपालिका सदस्यहरु, महिला समुहका सदस्यहरु, महिला सहकारीका प्रतिनिधीहरु, ईलाका प्रहरी कार्यालयका प्रतिनिधिहरु, पत्रकार लगायत महिलाहरुको सहभागीता रहेको थियोे ।

No description available.

कार्यक्रममा उपप्रमुख निरु खरेलले महिला विरोधी हिंसा, विभेद, असमानता र दुर्व्यवहारको सम्पूर्ण रूपमा अन्त्य गर्दै सभ्य खुशी धुनिबेसी नगरबासी बनाउन सबै सरोकारवाला निकाय तथा व्यक्ति जिम्मेवार हुनुपर्ने बताउनुभयो ।अन्तरक्रिया कार्यक्रममा उपप्रमुख खरेलले नेपालको कूल जनसंख्याको आधाभन्दा बढी महिला भएकाले पनि पुरुष सरह ५० प्रतिशत अधिकारको अवधारणा बनाउनु पर्ने धारणा राख्नु भएको थियो ।

No description available.

महिलाहरु इमान्दार, जवाफदेही, पारदर्शी, कुशल भएकाले अब स्थानीय तहदेखि मुलुक हाँक्ने उच्च तहसम्म महिलाहरू सक्षम रहेकोले सबै क्षेत्रमा समान अधिकार स्थापित हुनु पर्नेमा जोड दिनु भएको थियोे । अन्तरक्रिया कार्यक्रममा विभिन्न क्षेत्रमा क्रियासिल महिला अगुवाहरुले भनाइ राख्नु भएको थियो । स्थानिय तहले महिलाहरुलाई संविधान दिएको अधिकार कार्यान्वयनका लागि आर्थिक हिसाबले आत्मनिर्भर बन्ने तर्फ बिशेष कार्यक्रम बनाई लागू गर्नु ध्यान पर्ने कार्यपालिका सदस्य लक्ष्मी बिष्टले बताउनु भयो ।

संविधानमा छोरीलाई पनि छोरा सरह पैतृक सम्पतिमाथिको अधिकार छ, कानुनमा छ तर जीवन र व्यवहारमा छैन । त्यसैले पुरुषहरुको समेत सहभागीता गराई घर घर र व्यक्ति ,व्यक्तिबाट व्यवहारमा कार्यान्वयन गर्ने कुरामा सबै पक्षको ध्यानाकर्षण हुनु जरुरी भएको अधिकारकर्मी सुनिता कँडेलले बताउनु भयो ।

No description available.

महिलाहरु संगठित नहुन र आर्थिक शसक्तिकरण नहुँदा धेरै महिलाहरुले अस्वभाविक रुपमा हिंसाको सिकार बन्नुपरेको अवस्थालाई बिस्थापित गर्न ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसको दिनमा सबैले संकल्प गर्नु पर्ने पनि कँडेलले बताउनु भयो ।

यसैगरी अन्तरक्रिया कार्यक्रममा महिला सहकारीका प्रतिनिधिहरु,प्रहरी कार्यालय खानिखोलाका प्र.स.नि. संगिता अधिकारी र कार्यपालिका सदस्यहरुले गीत, कविता मार्फत पनि महिला अधिकार र व्यवहारमा कार्यान्वयनको अवस्थाको बारेमा भनाइ राख्नु भएको थियोे ।

No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्