नेपाल निजामती कर्मचारी युनियनको केन्द्रिय सदस्यमा धादिङबाट ३ जना निर्वाचित,पौडेलले ल्याए अत्याधिक मत

नेपाल निजामती कर्मचारी युनियनको आठौ महाधिबेशनबाट धादिङका तिन जना केन्द्रिय सदस्यमा निर्वाचित हुनुभएको छ।

निर्वाचित हुनेमा बागमती प्रदेशको भुगोलबाट कृष्ण बहादुर पौडेल, दलित कोटाबाट बालकृष्ण नेपाली र स्थानिय तहबाट बिदुर शर्मा नेपाल रहनुभएको छ।

यसअघि पनि केन्द्रिय सदस्य भईसक्नुभएका पौडेलले खसेको मतको साठी प्रतिशत भन्दा बढि ३७९ सर्वाधिक मत प्राप्त गरि बिजय हुनुभएको हो भने बालकृष्ण नेपाली र बिदुर शर्मा नेपाल भने निर्विरोध निर्वाचित हुनुभएको हो ।अधिबेशन काठमाण्डौमा फागुन २१ देखि २३ गते सम्म संचालन भएको थियो ।

को हुन् कृष्ण बहादुर पौडेल

२०५५ सालमा जिल्ला कार्यसमितिको सदस्य बाट कर्मचारी राजनितिको नेतृत्वमा प्रवेश गरेका कृष्ण बहादुर पौडेल २०५९ सालमा २ पटक लगातार उपाध्यक्ष बन्न सफल भए ।

२०७१ सालमा भएको नेपाल निजामती कर्मचारी युनियन धादिङको अध्यक्ष भएका पौडेलले २०७४ सालमा निर्वाचन बाट नै केन्द्रिय प्रतिनिधिमा निर्वाचित भई बागमती प्रदेशको प्रदेश कमिटि सदस्य बन्न सफल भए थिए ।

कर्मचारीको पिर मर्का र सहयोगी भावना भएको पौडेल २०७६ साल जेठमा महिनामा केन्द्रिय सदस्यमा मनोनित भए ।
केन्द्रिय सदस्यमा मनोनित भई कार्यसम्पादन गर्दै जांदा आठौ अधिबेशनको निर्वाचन बाट पनि लोकप्रिय मत प्राप्त गरि पुन केद्रिय सदस्य बन्न सफल भएका छन् ।

जिल्ला बाट एकजना पनि केन्द्रिय सदस्य नहुदा आफु केन्द्रिय सदस्य भएपश्चात उनले अहिले जिल्ला बाट केन्द्रिय सदस्यको संख्या तिन जना बनाउन सफल भए ।

स्वास्थ्य क्षेत्रका अब्बल कर्मचारीको रुपमा परिचित पौडेल पहिलो खुल्ला दिसामुक्त गाबिस घोषणा,पहिलो पुर्ण खोप गाबिस र पहिला घर भित्रको धुवा रहितको गाबिस घोषणा गर्न तत्कालिन समयमा बिशेष भुमिका खेलेका जानाकारहरु बताउछन् ।
पौडेल हाल नेत्रावती डबजोङ गाउपालिकामा स्वास्थ्य शाखा प्रमुखको रुपमा हुनुहुन्छ ।

यस्तो छ पौडेलका प्रतिबद्धता

चुनावमा भोट माग्दा बखतमा आफुले गरिएका प्रतिवद्धताहरु पुरा गरेर नै छाड्ने उनले बताएका छन् ।

उनले आगामी आधिकारीक टे«ड युनियनको चुनावमा कर्मचारी युनियनलाई पहिलो बनाउने, आधिकारीक ट्रेड युनियनको चुनावमा स्वास्थ्यकर्मी,स्थानिय तहमा प्रदेश लोक सेवा मार्फत आएका र राष्ट्रिय किताब खानामा संकेत नम्बर प्राप्त गरेकाहरुलाई मतदानमा सहभागि गराउन पहल गर्ने र उम्मेद्वारी हुन सुनिश्चितता गर्न पहल गर्ने ।

संघ,प्रदेश र स्थानिय तहमा अहिले भएको विभेद कम गर्न पहल गर्ने । र समायोजन ऐनमा भएका कमिकमजोरीलाई सच्याउन पहल गर्ने बताएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्