पछिल्लो २४ घण्टामा करिब ८ हजारको परीक्षणमा ७७ सङ्क्रमित थप, १८९ संक्रमित निको

पछिल्लो २४ घण्टामा देशभर ७ हजार ९८१ जनाको परीक्षण गर्दा ७७ नयाँ सङ्क्रमित थपिएका छन् भने १ सय ८९ संक्रमित डिस्चार्ज भएका छन्।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या अब ५ हजार २१२ बाँकी रहेको छ।

देशभरका प्रयोगशालाबाट आज ५ हजार ६०७ जनाको पीसीआर गर्दा ६२ जना र २ हजार ३७४ जनाको एन्टिजेन परिक्षणमा १५ गरी ७७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

बिहिबार ११२ संक्रमित थपिएका थिए। यो सँगै देशभर संक्रमित हुनेको संख्या ११ लाख १७ हजार ४४२ पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ९ लाख ६० हजार ६८६ पुगेको छ।

पछिल्लो २४ घण्टामा संक्रमणका कारण १ जनाको मृत्यु भएको छ।योसँगै हालसम्म संक्रमित भई मृत्यु हुनेको संख्या एघार हजार ९५० पुगेको मनत्रालयको तथ्याङ्मा उल्लेख गरिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्