धादिङमा फेरी थपिए तिन कोरोना संक्रमित

धादिङका थप तिन जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

शुक्रबार जिल्लामा गरीएको २७ एन्टिजेन परिक्षणमध्ये धुनिबेसीका २ जना र बेनिघाट रोराङका १ जना गरी जिल्लामा ३ पोजिटिभ केश देखिएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ।

संक्रमित सबै होम आईशालेशनमा रहेका छन्। जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या १० हजार ४९६ पुगेको छ। संक्रमितमध्ये ९ हजार ४२८ निको भईसकेका छन् भने संक्रमणका कारण ८१ जनाले ज्यान गुमाएका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्