सिद्धलेक गाउँपालिकाद्वारा आ.व. २०७७/७८ को लागि ५४ करोड ४३ लाखको बजेट सार्वजनिक

धादिङ ३० असार । 
सिद्धलेक गाउँपालिका धादिङले आगामी आर्थिक वर्ष २०७७/०७८ लागि कूल ५४ करोड ४३ लाख ५२ हजारको बजेट ल्याएको छ । मंगलबार आयोजित सातौँ गाउँ सभामा गाउँपालिका उपाध्यक्ष कमला शर्मा(अधिकारी)ले बजेट पेस गर्नुभएको हो ।

जसमा नेपाल सरकारबाट प्राप्त हुने वित्तिय समानीकरण अनुदान १३ करोड २९ लाख,सर्सत अनुदान १८ करोड ८१ लाख, बिशेष समपुरक अनुदान ४ करोड ४७ लाख र राजश्व बाँडफाँड ७ करोड १७ लाख २ हजार रहेको गाउँपालिका उपाध्यक्ष कमला शर्मा(अधिकारी)ले बताउनुभयो ।

त्यस्तै प्रदेश सरकारबाट प्राप्त हुने वित्तिय समानीकरण अनुदान ९९ लाख ९२ हजार,सर्सत अनुदान १ करोड ७८ लाख ५३ हजार, बिशेष समपुरक अनुदान २ करोड ९८ लाख ८७ हजार र राजश्व बाँडफाँड १ करोड ३० लाख १८ हजार पेश गरिएको उपाध्यक्ष शर्माले बताउनुभयो ।यसैगरी गाउँपालिकाको आन्तरिक श्रोतबाट ३ करोड ६१ लाख प्रस्ताव पेश गरिएको उहाँको भनाई छ ।

आर्थिक बर्ष २०७७÷७८ सालमा पशुपन्छि फर्म,पोल्ट्रि फर्म,मौरीपालन तथा दुग्ध उत्पादनको विकासको लागी आधुनिकिकरण र प्रविधिकरण गरी व्यवसायिक रुपमा सञ्चालन गर्ने, गाउँपालिकाको मुख्य ३ सडकलाई नमुना सडक घोषणा गरी स्तारोन्नती र कालेपत्रे गर्ने, व्यवस्थित बस्ती विकासका वा ल्याण्डपुलिङको कार्यक्रम सञ्चालनमा जोड दिने एक घर एक धारो कार्यक्रमलाई सम्पन्न गर्ने,काठे पुल मुक्त लगायत कार्यक्रम गरिने अध्यक्ष प्रेमनाथ सिलवालले बताउनुभयो ।

त्यस्तै गाउापालिकामा पाईलट प्रोजेक्टको रुपमा ठाउँ पहिचान गरी सार्वजनिक ईको पार्क निर्माण,गाउँपालिका भित्र हुने कृषि उत्पादनहरुको उचित मूल्य र्निधारण गरी सहज बजारीकरणको व्यवस्था गर्ने,गा.पा एक सुविधा सम्पनन खेलमैदान र प्रत्येक वडामा एक खेलमैदान निर्माणमा जोड दिने, बिद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम निरनतरता  लगाएतका विषयहरु सम्पन्न गर्ने लक्ष्य रहेको अध्यक्ष सिलवालले बतउनुभएको छ। 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्