धादिङका उत्कृष्ट सामुदायिक,कबुलियती र निजी बन पुरस्कृत

धादिङ ३१ असार 
डिभिजन वन कार्यालय धादिङले बुधबार  जिल्लाका उत्कृष्ट सामुदायिक,कबुलियती र निजी बन समुहलाई पुरस्कृत गरेको छ ।डिभिजन वन कार्यालय धादिङको बार्षिक स्विकृत कार्यक्रम अन्तरगत फिल्ड स्तरमा सिफारीस भई आएका मध्ये मुल्यांकनको आधारमा पुरस्कृत गरीएको डिभिजन वन कार्यालय धादिङका प्रमुख जीवनाथ पौडेलले बताउनुभयो ।सामुदायिक वन उपभोक्ता समुह मध्येबाट उत्कृष्ट कार्य प्रदर्शन गरेको भन्दै विभिन्न ३ वटा सामुदायिक वन उपभोक्ता समूह, ३ वटा कबुलियती बन समुह र निजी बन समुहबाट एक जनालाई पुरस्कृत गरीएको हो ।

सामुदायिक बन तर्फबाट बागमारा सामुदायिक बन उपभोक्ता समुह सिद्धलेक गाउँपालिका वडा नम्बर ७ सिद्धलेक प्रथम भएको छ। यसैगरी विसुरेपानी सामुदायिक वन उपभोक्ता समुह ज्वालामुखी गाउँपालिका वडा नम्बर २ द्धितीय र बेतिनी सामुदायिक बन समुह नेत्रावती डबजोङ गाउँपालिका तृतीय भएका छन् ।

प्रथम,द्धितीय र तृतीय हुनेहरुलाई क्रमश नगद १४ हजार,१० हजार,८ हजार र प्रमाणपत्रबाट पुरस्कृत गरीएको पौडेलले बताउनुभयो ।यसैगरी कबुलियती बन समुह तर्फ माखोलापाखा कबुलियती बन समुह गजुरी गाउँपालिका वडा नम्बर २ प्रथम,टार कबुलियती बन समुह नीलकण्ठ नगरपालिका वडा नम्बर २ द्धितीय र तामाखानी कबुलियती बन समुह तृतीय भएका छन् ।

प्रथथ,द्धितीय र तृतीय हुनेहरुलाई क्रमश नगद ८ हजार,६ हजार,४ हजार र प्रमाणपत्रबाट पुरस्कृत गरीएको छ ।यसैगरी निजी बन तर्फ प्रेमनाथ सेढाई उत्कृष्ट हुनुहुभएको छ । उहाँलाई नगद ९ हजार र प्रमाणपत्रबाट पुरस्कृत गरीएको डिभिजन वन कार्यालय धादिङले जानकारी दिएको छ । डिजिभन वन कार्यालय धादिङको बिहिबार सम्पन्न समन्वय बैठक तथा बार्षिक समिक्षा गोष्ठिका बीच बागमती प्रदेशका बन निर्देशक विद्यानाथ झा र डिभिजन वन कार्यालय धादिङका प्रमुख जीवनाथ पौडेलले पुरस्कार वितरण गर्नुभएको हो ।

लकडाउनको प्रतिकुलताको अवस्थामा पनि डिभिजन वन कार्यालयले चालु तथा पुँजीगत तर्फ करिब ६५ प्रतिशत प्रगती गर्न सफल भएको पौडेलले बताउनुभयो । डिभिजन बन कार्यालय धादिङका प्रमुखको संयोजकत्वमा गठित ३ सदस्यीय टोलिको मुल्यांकनको आधारमा पुरस्कृत गरीको हो । जसको सदस्यहरुमा जिल्ला समन्वय अधिकारी सदस्य,वन निर्देशनालयको अधिकृत सदस्य र सामुदायिक वन उपभोक्ता महांसघका अध्यक्ष सदस्य रहनुभएको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्