५ हजार ६२ जनाको परीक्षणमा ७३ संक्रमित थपिए, १९२ निको

धादिङ,२८ फागुन।

पछिल्लो २४ घण्टामा देशभर ५ हजार ६२ जनाको परीक्षण गर्दा ७३ नयाँ सङ्क्रमित थपिएका छन् भने १ सय ९२ संक्रमित डिस्चार्ज भएका छन्।
योसँगै देशभर सक्रिय संक्रमितको संख्या अब ५ हजार ५० बाँकी रहेको छ।

देशभरका प्रयोगशालाबाट आज २ हजार २३८ जनाको पीसीआर गर्दा ३० जना र २ हजार ८२४ जनाको एन्टिजेन परिक्षणमा ४३ गरी ७३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

शुक्रबार ७७ संक्रमित थपिएका थिए। यो सँगै देशभर संक्रमित हुनेको संख्या ११ लाख १७ हजार ५१५ पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ९ लाख ६० हजार ८७८ पुगेको छ।

पछिल्लो २४ घण्टामा संक्रमणका कारण मृत्यु हुने शून्य रहेको छ । हालसम्म संक्रमित भई मृत्यु हुनेको संख्या एघार हजार ९५० पुगेको मनत्रालयको तथ्याङ्मा उल्लेख गरिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्