गणित शिक्षा परिषद धादिङको अध्यक्षमा प्रयास रेग्मी चयन

धादिङ,२८ फागुन।

गणित शिक्षा परिषद धादिङको अध्यक्षमा प्रयास रेग्मी निर्वाचित हुनुभएको छ। शनिबार धादिङबेशीमा सम्पन्न भएको चौंथो जिल्ला अधिवेशन तथा साधारणसभाले रेग्मीलाई गणित शिक्षा परिषद जिल्ला शाखा धादिङको अध्यक्षमा सर्वसम्मत चयन गरेको हो।

No description available.

यस्तै अधिवेशनबाट कार्यसमितिको उपाध्यक्षमा चेतनारायण श्रेष्ठ, सचिवमा उत्तम भट्ट र कोषाध्यक्षमा देवकुमारी दनै चयन हुनुभएको छ। त्यस्तै सदस्यहरुमा नवराज नेपाल, कृष्णारायण श्रेष्ठ, सुजन भण्डारी, केवी राउत, रमेश गुरुङ, सुनिता सिलवाल (रेग्मी) सर्वसम्मत चयन भएका छन्। कार्यक्रममा गणित शिक्षा परिषदका केन्द्रिय सदस्य ध्रुव अधिकारीले गणित विषयका शिक्षकहरुलाई नयाँ नीतिले थप चुनौती थपिएको बताउनुभयो।

यस्तै बागमती प्रदेशका सदस्य हरि प्रसाद सिलवालले हरेक गणित शिक्षकहरु आईटीमा अब्बल हुनुपर्ने भन्दै यसतर्फ गणित शिक्षा परिषद धादिङले तालिम चलाउनु पर्ने बताउनुभयो। यसैगरी पाठ्यपुस्तक लेखक मदनकुमार श्रेष्ठले गणित शिक्षा परिषदले नीतिगत विषयमा पनि वहस चलाउनु पर्ने र अहिलेकै अवस्थाको पाठ्यक्रम र अहिले कै शिक्षण विधिले गणितलाई थप व्यवहारिक बनाउन नसक्ने दावी गर्नुभएको थियो।

बद्री प्रसाद कोईरालाको अध्यक्षता भएको अधिवेशन तथा साधरणसभामामा गणित शिक्षा परिषदका केन्द्रिय सदस्य अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो।कार्यक्रममा बागमती प्रदेशका सदस्य सिलवाल, पाठ्यपुस्तक लेखक श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो।कार्यक्रम शिक्षक उत्तम भट्टले संचालन गर्नुभएको थियो।

No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्