तीन अर्ब ८२ करोड राजश्व चुहावटमा ६ व्यवसायीविरुद्ध मुद्दा

काठमाडौं । राजस्व अनुसन्धान विभागले कर छलीको आरोपमा विभिन्न कम्पनी सञ्चालक र कारोवारीसहित ६ जनाविरुद्ध मुद्दा चलाएको छ ।

उनीहरुमाथि तीन अर्ब ८२ करोड विगो बराबरको राजश्व छली गरेको आरोप छ । उक्त बिगो असुल गरी जरिवाना र कैद सजाय माग दाबीसहित बुधबार उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए।

काठमाडौँ महानगरपालिका–१७ सोह्रखुट्टेमा रहेको हाइटेक इन्टरनेशनल प्रालि सञ्चालकसमेत दुई जनालाई राजश्व चुहावट गरेको अभियोगमा दुई अर्ब ४२ करोड ९८ लाख बिगो कायम गरी बिगो असुल, जरिवाना र कैद सजाय मागदाबी लिई मुद्दा दर्ता गरिएको विभागले जनाएको छ ।

यस्तै ललितपुर महानगरपालिका–२ सानेपामा रहेको एसएस मोबाइल एण्ड सर्भिसेज प्रालि र श्रीश्याम इम्पेक्स तथा श्रीश्याम बाबा इन्टरप्राइजेजका सञ्चालक तथा मुख्य कारोवारीसमेत गरी चार जना विरुद्धसमेत कर छलीको आरोपमा मुद्दा चलाइएको छ ।

उनीहरुविरुद्ध रु एक अर्ब ३९ करोड सात लाख बिगो कायम गरी उक्त बिगो असुल तथा जरिवाना र कैद सजायको माग गरिएको छ । kendrabindu

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्