युट्युबमा रिलिज भयो फिल्म ‘चंगा चैट’

काठमाडौं –  कार्तिकमा रिलिज भएको फिल्म ‘चंगा चैट’ युट्युबमा रिलिज गरिएको छ । यो फिल्म ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।फिल्ममा आयुष्मान देशराज जोशी, रविन्द्र झा, सन्दीप क्षेत्री, प्रियंका कार्की, अर्पण थापा, परमिता राणा, सुरक्षा पन्त लगायतका कलाकारको शीर्ष भूमिका रहेको छ ।

दीपेन्द्र के खनालको निर्देशन रहेको ‘चंगा चैट’ लाई माधव वाग्ले र शर्मिला पाण्डेले संयुक्त रुपमा निर्माण गरेका हुन् भने प्रदीप भारद्वाजले लेखेका हुन् ।हलमा रिलिजका क्रममा फिल्मले मिश्रित प्रतिक्रिया पाएको थियो । कमेडी जानराको भनिएको यो फिल्ममा ३ युवाको कथा देखाइएको छ ।khaberhub

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्