बागमती स्तरीय ब्याडमिन्टनमा धादिङको महिला टिम प्रथम,पुरुष टिम तृतीय

धादिङ,०१ चैत।   बागमती प्रदेश स्तरीय ब्याडमिन्टनमा धादिङको महिला टिम प्रथम भएको छ।  

हेटौडामा जारी प्रथम बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिता अन्तरगत ब्याडमिन्टन प्रतियोगितामा सिन्धुपाल्चोकलाई हराउँदै धादिङको महिला टिम प्रथम भएको हो ।  

यस्तै धादिङको पुरुष टिम भने तृतीय भएको छ ।बागमती प्रदेश सरकारको आयोजनामा भएको प्रतियोगितामा फुटबल, ब्याडमिन्टन, क्रिकेट, तेक्वान्दो, भलिबल, कराते, एथलेटिक्स र बक्सिङ लगाएतका खेलहरु समावेश गरिएका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्