पत्रकार महासंघ धादिङका पूर्वअध्यक्ष तथा अग्रज पत्रकार राजेन्द्र प्रताप शाहको निधन

धादिङ,०३ चैत।
नेपाल पत्रकार महासंघ धादिङका पूर्वअध्यक्ष राजेन्द्र प्रताप शाहको निधन भएको छ।

दमका बिरामी शाहको बुधबार राति काठमाण्डौं स्थित अल्का अस्पतालमा उपचारको क्रममा ६० वर्षको उमेरमा निधन भएको प्रेस युनियन धादिङले जनाएको छ ।

बि.सं. २०१८ बैशाखमा धादिङको ज्वालामुखी गाउँपालिका साविकको मैदीमा जन्मिएका शाहले गोरखापत्र, कान्तिपुर दैनिक,हिमालय टाइम्स लगाएतका विभिन्न छापामा काम गर्नुभएको थियो।

धादिङकै पहिलो फोटो पत्रकारको रुपमा समेत चिनिने पत्रकार शाह पछिल्लो समय पिजन खबर डटकमको प्रवन्ध निर्देशकको रुपममा कार्यरत हुनुहुन्थ्यो।

शाहको निधनप्रति धादिङ सञ्चार प्रा.लि.परिवार शोक सन्तप्त परिवारजन प्रति हार्दिक समवेदना व्यक्त गर्दै दिंवगत आत्माको चिरशान्तीको कामना गर्दछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्