काभ्रेलाई १–० गोलअन्तरले हराउँदै धादिङ सेमिफाईनलमा

बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगीता अन्तरगत पुरुष फुटबलमा धादिङ सेमिफाईनल पुगेको छ।

प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा हेटौंडाको क्याम्पा रंगशालामा बुधबार भएको खेलमा काभ्रेलाई १–० गोलअन्तरले हराउँदै धादिङ सेमिफाईनल पुगेको हो। खेलको २४ औं मिनेटमा जाउलाखेलबाट ए डीभीजन सुरु गर्दै सुपर लिगका लागि हाल झापामा अनुबन्धित विपिन कंडेलले धादिङका लागि निर्णायक गोल गरेका थिए ।

समुहमा बाई पाउँदै एक खेल अगाडी बढेको धादिङले चैत ४ गते दिउँसो १ बजे आज हुने ललितपुर र रामेछाप क्वाटरफाइनल खेलको विजेता सँग खेल्ने छ ।त्यस्तै, घरेलु मैदानमा सिन्धुलीलाई हराउदैं मकवानपुर सेमीफाइनल प्रवेश गरेको छ ।

हिजै भएको क्वाटरफाइनल खेलमा १८ मिनेटमा ललित चौलागाईले पहिलो गोल गरेका थिए । पहिला हाफमा ४७ मिनेटमा सुनिल घलानले मकवानपुरका लागि दोस्रो गोल थपेका थिए ।

मकवानपुरका लागि दोस्रो हाफको ७४ मिनेटमा समिरराज थोकरले एक गोल थप गर्दै ३–० गोल अन्तरले मकवानपुर विजयी भएको हो ।विहीबार दुई खेल हुनेछन् । पहिलो क्वाटरफाइनल खेल ललितपुर र रामेछापबीच हुनेछ भने दोस्रो खेल दोलखा र भक्तपुरबीच हुने छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्