नेपालमा आज ५७ जनामा कोरोना पुष्टि, संक्रमितको १७ हजार ५ सय २ पुग्यो

धादिङ,०३ श्रावण ।
नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ५ सय २ पुगेको छ । आज देशभर बिभिन्न स्थानमा गरिएको परिक्षणमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताउनुभयो ।

हिजो शुक्रबार १ सय १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । सङ्क्रमितमध्ये पछिल्लो अपडेट अनुसार २४ घण्टा भित्र १ सय ३ जना डिस्चार्ज भएसँगै ११ हजार ६ सय ३७ जना संक्रमित निको भएर घर फर्किएका छन् भने ६ हजार ५६ जनाको उपचार भईरहेको छ । यस्तै नेपालमा कोरोना कारण मृत्यु हुनेको सङ्ख्या ४० पुगेको छ ।

२४ घण्टामा ३ हजार ३ सय ३१ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभर ५ हजार ८ सय २५ जना कोरोना संक्रमित आइसोलेसनमा रहेका छन् भने २३ हजार २ सय २५ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्