बैक तथा वित्तीय संस्थाहरुले ऋण दिँदा लिने सेवा शुल्कमा कडाई

काठमाडौं । बैक तथा वित्तीय संस्थाहरुले ऋण दिँदा लिने सेवा शुल्कमा राष्ट्र बैंकले कडाई गरेको छ । हिजो शुक्रबार राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै बैंक तथा वित्तीय संस्थाहरुले  लिने सेवा शुल्कमा विभिन्न सीमा लगाई त्यो भन्दा बढी सेवा शुल्क लिन नपाउने भनेको छ ।

राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुले कर्जा स्वीकृति दिँदा ० दशमलव ७५ प्रतिशतभन्दा बढी सेवा शुल्क लिन पाउने छैनन् । विकास बैंकले १ प्रतिशतसम्म सेवा शुल्क लिन पाउने छन् । लघु वित्तीय संस्थाले बढीमा १ दशमलव ५ प्रतिशतसम्म मात्रै शुल्क लिन पाउने व्यवस्था छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्