बिहिबार देशभर २७ जनामा कोरोना संक्रमण,२२० संक्रमित डिस्चार्ज,मृत्यु शून्य

पछिल्लो २४ घण्टामा देशभर ४ हजार ७४७ जनाको परीक्षण गर्दा २७ नयाँ सङ्क्रमित थपिएका छन् भने २ सय २० संक्रमित डिस्चार्ज भएका छन्।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ३७६ बाँकी रहेको छ।देशभरका प्रयोगशालाबाट आज १ हजार ६५४ जनाको पीसीआर गर्दा २२ जना र ३ हजार ९३ जनाको एन्टिजेन परिक्षणमा ५ गरी २७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

बुधबार ८२ संक्रमित थपिएका थिए। यो सँगै देशभर संक्रमित हुनेको संख्या ११ लाख १७ हजार ८३० पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ९ लाख ६१ हजार ७८१ पुगेको मन्त्रालयको तथ्याङ्मा उल्लेख गरिएको छ।

यसैगरी पछिल्लो छ दिनयता नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेका संख्या शून्य रहेको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा जारी तथ्यांकअनुसार शुक्रबारयता कोरोना संक्रमणका कारण कसैले पनि ज्यान गएकोे छैन । हालसम्म संक्रमित भई मृत्यु हुनेको संख्या एघार हजार ९५० पुगेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्