नेपालमा कोरोना संक्रमितको १७ हजार ६ सय ५८ पुग्यो, १ सय ५६ थपिए

नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ६ सय ५८ पुगेको छ । आज देशभर बिभिन्न स्थानमा गरिएको परिक्षणमा थप १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताउनुभयो ।

हिजो शनिबार ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । सङ्क्रमितमध्ये पछिल्लो अपडेट अनुसार २४ घण्टा भित्र ५८ जना डिस्चार्ज भएसँगै ११ हजार ६ सय ९५ जना संक्रमित निको भएर घर फर्किएका छन्। यस्तै नेपालमा कोरोना कारण मृत्यु हुनेको सङ्ख्या ४० पुगेको छ ।

२४ घण्टामा ३ हजार ७ सय ४१ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभर ५ हजार ९ सय ६३ जना कोरोना संक्रमित आइसोलेसनमा रहेका छन् भने २२ हजार ६ सय ६२ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्