अन्तराष्ट्रिय धादिङ समाजको आयोजनामा सन्चालित डिजिटल हेल्थ क्याम्प सकियो

अन्तराष्ट्रिय धादिङ समाजको आयोजनामा धादिङमा सन्चालन भएको डिजिटल हेल्थ क्याम्प सम्पन्न भएको छ।सामाजिक काममा क्रियाशिल संस्था अन्तराष्ट्रिय धादिङ समाजको आयोजनामा असार ७ गतदेखी सुरु भएको डिजिटल हेल्थ क्याम आईतबार  सकिएको हो ।डिजिटल हेल्थ क्यामबाट मैदीमा १सय ५८ जना,ज्यामरुङमा ५४जना,फुलखर्कमा ३१जना,सल्यानटारमा १९ जना,जिल्ला अस्पताल धादिङमा १८ जना र अन्य स्वास्थ्य संस्थामा ३९ जना गरी जम्मा ३ सय १९ जना विरामी लाभान्वित भएका छन्।

गाउँमा रहेका दिर्घरोगी,बृद्धबृद्धा लगायत मानशिक बिरामीहरुलाई विशेषज्ञ डाक्टरहरुबाट सेवा प्रवाह गर्ने उदेश्यले डिजिटल हेल्थ क्याम्प सूरु गरीएको अन्तराष्ट्रिय धादिङ समाजका प्रवक्ता राजन खकुरालले जानकारी दिनुभयो।स्वास्थ्य संस्थामा उपचार गर्न आएका विरामीहरुसँग भिडियो वा फोनबाट कुराकानी गरेर स्वास्थ्य सेवा प्रवाह गरीएको खकुरालले बताउनुभयो। डिजिटल हेल्थ क्याम्पमा डा.विश्व दुवाडी,मानशिक रोग विशेषज्ञ रितेश थापा, इंटर्नल मेडिकल विशेषज्ञ दिपक श्रेष्ठ र मानशिक रोग विशेषज्ञ डा निशिता पाठकले सेवा प्रवाह गर्नुभएको हो ।सबैभन्दा बढी मैदीमा १ सय ५८ जनाले सेवा लिएका छन्।

गजुरी प्राथमिक स्वास्थ्य केन्द्र,मैदी स्वास्थ्य चौकी,भोक्टेनी स्वास्थ्य चौकी,गंगाजमुना स्वास्थ्य चौकी, ज्यामरुङ स्वस्थ्य चौकी र पात्ले स्वास्थ्य चौकीमा डा. विश्व दवाडी र मानशिक रोग विशेषज्ञ रितेश थापाले दुई सिफ्टमा सेवा प्रवाह गर्नुभएको थियो ।यसैगरी सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्र,सालबास स्वास्थ्य चौकी,बैरेनी स्वास्थ्य चौकी,धादिङ जिल्ला अस्पताल,महादेववेशी स्वास्थ्य चौकी र बेनिघाट स्वास्थ्य चौकीमा इंटर्नल मेडिकल विशेषज्ञ डा.दिपक श्रेष्ठ र निशिता पाठकले सेवा प्रवाह गर्नुभएको थियो ।धादिङका स्वास्थ्यकर्मीहरुले डिजिटल हेल्थ क्याम्प सुरु गरेर सहयोग गरेको भन्दै अन्तराष्ट्रिय धादिङ समाजलाई विशेष धन्यवाद दिएका छन् । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्