सिकाई उपलब्धि वृद्धिको लागि शैक्षिक सरोकारवाला बिच अभिमुखीकरण कार्याशाला

धादिङ,०६ चैत।  गजुरीको वागेश्वरी आधारभुत बिद्यालयमा सिकाई उपलब्धि वृद्धिको लागि शैक्षिक सरोकारवाला बिच अभिमुखीकरण कार्याशाला सम्पन्न भएको छ । 

गजुरी गाउँपालिका वडा नं ७ स्थित पेटारेमा रहेको वागेश्वरी आ.बि.मा शुक्रबारदेखी शैक्षिक सरोकारवाला बिच सुरु भएको अभिमुखीकरण कार्याशाला शनिबार सम्पन्न भएको हो। 

कार्यक्रममा शैक्षिक ज्ञान, सिप तथा क्षमता अभिवृद्धि साथै आ–आफनो काम कर्तव्य अधिकार मार्फत बालमैत्री वातावरण तयार गरी सिकाई उपलब्धिमा सहयोगका लागि शैक्ष्कि सरोकारवालाह बिच अभिमुखीकरण कार्यशाला संचालन गरिएको गजुरीबाट कपिलदेव सापकोटाले जानकारी दिनुभयो। 

पदाधिकारीहरुलाई आ–आफनो काम, कर्तव्य, अधिकार, भुमिका र उत्तरदायीत्व, कक्षा कोठामा बालमैत्री सामाग्री सहयोग र बालबालिकाहरुको शैक्षिक सवालहरु, आचार संहिता, विद्यालय आर्थिक पार्दशिता, बाल अधिकार, बालबालिका र अभिभावकहरुको सम्बन्ध मजबुद बनाउन तौर तरिका लगायत विषयमा प्रयास नेपाल धादिङका कपिलदेव सापकोटा र नवराज लामीछानेले सहजिकरण गर्नुभएको थियो । 

शैक्षिक विकास तथा सिकाई उपलब्धि बृद्धि बोधसहितको शिक्षण प्रणलि प्रबन्धन गर्न कार्यशालामा सहभागिसँग अन्तरक्रिया कार्यक्रममा सहयोग गरीएको कार्यकारी निदेर्शक दामोदर अर्यालले बताउनुभयो । गजुरी गाउँपालिका, प्लानेट इन्फान्ट एण्ड डेभलपमेन्टको साझेदारीमा प्रयास नेपाल धादिङले सम्बन्धि विद्यालयसँग समन्वय सहकार्यमा संचालन गरी गाउँपालिकाको ४५ वटै सामुदायिक विद्यालयहरुमा बाल विकास कार्यक्रम गरीएको कार्यक्रम संयोजक सहदेव पण्डितले बताउनुभयो। 

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले विद्यालय विकासमा शैक्षिक सुधारको लागि कार्य योजनालाई काम गर्नको लागि विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक संघ, शिक्षक,बाल क्लब लगायत सम्पुण सरोकारवालाहरुलाई आ आफनो तह र तप्कामा रहेर काम गर्न निर्देशन दिनुभयो।

कार्यक्रममा उठेका सवालहरुलाई आगामी दिनमा समाधान गर्दै लैजाने र सम्पुर्ण समितिको आचार संहिता तयार गरी कार्यन्वयन तर्फ अगाडि बढ्ने वागेश्वरी आविका प्र.अ रामकुमारी थापाले बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष संजय तामाङ पाख्रिनको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष बस्नेतको प्रमुख आतिथ्यतारहेको थियो।

साथै कार्यशालामा विद्यालय सेवा क्षेत्र भित्रका बालबालिकाहरुलाई सिकाई वातावरण सृजनामा सक्षम वातावरणको लागि विद्यालय व्यवस्थापन समिति,शि.म.स, प्रअ, शिक्षक, बाल क्लब लगायत अन्य अभिभावकहरुको उपस्थिति रहेको थियो।

No description available.
No description available.
No description available.
No description available.
No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्