थपिए ३७ कोरोना संक्रमित, ३८२ संक्रमित निको हुँदा मृत्यु शुन्य

धादिङ,०६ चैत।   पछिल्लो २४ घण्टामा देशभर ४ हजार ६१ जनाको परीक्षण गर्दा ३७ नयाँ सङ्क्रमित थपिएका छन् भने ३ सय ८२ संक्रमित डिस्चार्ज भएका छन्।  

योसँगै देशभर सक्रिय संक्रमितको संख्या ३ हजार २४१ बाँकी रहेका छन्।देशभरका प्रयोगशालाबाट आज २ हजार ७९८ जनाको पीसीआर गर्दा २८ जना र १ हजार २६३ जनाको एन्टिजेन परिक्षणमा ९ गरी ३७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह–प्रवत्ता डा.समिर कुमार अधिकारीले आईतबार प्रेस बिफ्रिङका क्रममा बताउनुभएको हो।   शनिबार १७ संक्रमित थपिएका थिए।

यो सँगै देशभर संक्रमित हुनेको संख्या ११ लाख १८ हजार २३४ पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ९ लाख ६२ हजार ९६४ पुगेको मन्त्रालयको तथ्याङ्मा उल्लेख गरिएको छ।  

यसैगरी पछिल्लो केही साता यता नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेका संख्या शून्य रहेको छ ।हालसम्म संक्रमित भई मृत्यु हुनेको संख्या एघार हजार ९५० पुगेको मन्त्रालयका सह–प्रवत्ता डा.अधिकारीले बताउनुभयो।            

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्