‘अबको तीज नो व्रत प्लिज’ सार्वजनिक

काठमाडौं – तीजको रौनक नजिकिँदै गर्दा गायिका सोफिया थापाले तीजको गीत बजारमा ल्याएकी छिन् ।

‘अबको तीज नो ब्रत प्लिज’ बोलको गीत आइतवार युट्युबमार्फत सार्वजनिक गरिएको हो । गीतमा शब्द तथा संगीत पनि गायिका थापाकै रहेको छ ।गीतको भिडियोमा मेनुका थापा, पूजा गहतराज, अनिषा गौतम, वविता धिताल, प्रियंका थापा लगायतले नृत्य गरेका छन् ।

लोकेन्द्र शाहको कोरियोग्राफी रहेको म्युजिक भिडियोको छायांकन, सम्पादन र निर्देशन मनिष पन्तले गरेका हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्