पानीका स्रोतको संरक्षण गर्दै पर्यावरण सन्तुलनमा योगदान पुर्‍याउनुपर्छ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले पानीका स्रोतको संरक्षण गर्दै पर्यावरण सन्तुलनमा योगदान पुर्‍याउनुपर्ने बताएकी छन् ।

विश्व पानी दिवसका अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले भनेकी छन्, ‘पानी र प्रकृतिसँग प्राणी जगत्को अस्तित्व गाँसिएको छ । पृथ्वीमा जीवको उत्पत्ति नै पानीभित्र भयो । प्राचीन मानव सभ्यताहरू नदी किनारमा विकास भए । वर्तमान अवस्थामा आइपुग्दा जीवनको अस्तित्व जोगाउन प्रकृति र पानीको संरक्षण गर्नु मानव सभ्यताकै निमित्त चुनौती भएको छ ।’ 

भूमिगत जलस्रोत महत्वपूर्ण प्राकृतिक सम्पदा रहेकाे उल्लेख गर्दै भण्डारीले भनेकी छन्, ‘जसले पारिस्थितिक प्रणालीलाई दिगो राख्न, नदीहरूको बहावलाई व्यवस्थित गर्न, जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्न र सुरक्षित पिउने पानी परिपूर्ति गर्न मद्दत गर्दछ ।’

‘भूमिगत जलस्रोतको महत्व बुझौँ, सबै मिली संरक्षण गरौँ’ भन्ने राष्ट्रिय संकल्पका साथ सरकारले पानी दिवस मनाउँदैछ । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९९३ देखि हरेक वर्ष मार्च २२ लाई पानी दिवसका रूपमा मनाइन्छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्