एनआरएनए निर्वाचन रोक्न पाटन उच्च अदालतको अन्तरिम आदेश

गैरआवासीय नेपाली संघको निर्वाचन रोकेर छलफलमा आउन पाटन उच्च अदालतले अन्तरिम आदेश जारि गरेको छ।न्यायाधीश दुर्गा बहादुर विश्वकर्माको एकल इजलासले दुवै पक्षलाई छलफलका लागि बुधबार मार्च २३ (चैत ९ गते) बोलाउने र त्यतिन्जेलसम्म निर्वाचनको सम्पूर्ण प्रक्रिया रोक्न सोमबार अन्तरिम अल्पकालीन आदेश दिएको हो।

मार्च २३ (चैत ९ गते) मा दुबै पक्षलाई आ आफ्नो प्रमाणसहित छलफलका लागि आउन अदालतले भनेको छ।संघको संस्थापना पक्षले आगामी मार्च २४ र २५ मा निर्वाचनको तयारी गरेको थियो भने उता पूर्व अध्यक्ष शेष घले र बर्तमान सल्लाहाकार तथा अध्यक्षका प्रत्यासी कुल आचार्यको समूहले एनआरएनएकै नाममा मार्च २२ देखि मार्च २५ सम्म महाधिवेशन आव्हान गरेका थिए।

अदालतले कुनै एक पक्ष नतोकी संस्थागत रूपमा गैर आवासीय नेपाली संघ, निर्वाचन समिति र सचिवालय विरूद्ध आदेश जारी गर्दै निर्वाचनका सबै कृयाकलाप रोक्न भनेको हो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्