गत २४ घन्टामा ४४ जना संक्रमित,सक्रिय संक्रमित २ हजार ६८८ बाँकी

धादिङ,०८ चैत।   नेपालमा थप ४४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।  

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ६ हजार ५ सय ९४ कोरोना परीक्षण गर्दा जम्मा ४४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।  

मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक तथ्याङ्क अनुसार गत २४ घन्टामा देशभर आरटी पिसिआर विधिबाट ४ हजार ४ सय ९५ परीक्षणमा ३५ जना र २ हजार ९९ एन्टिजेन विधिबाट परीक्षण गर्दा ९ जनामा सङ्क्रमण पुष्टि भएको छ ।  

योसँगै नेपालमा हालसम्म आरटी पिसिआर विधिबाट ९ लाख ७८ हजार २३१ जना र एन्टिजेन विधिबाट १ लाख ४० हजार ९२ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ ।  

यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमित मध्ये ४ सय ८१ जना स्वस्थ भएका छन् भने संक्रमणका कारण १ जनाको मृत्यु भएको छ।  

योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमण पछि निको हुनेको सङ्ख्या ९ लाख ६३ हजार ५९२ पुगेको छ भने ११ हजार ९ सय ५१ जनाको मृत्यु भएको छ । आज देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार ६८८ रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्