ग्रीन भेन्चर लिमिटेडको आईपीओमा दुई दिनमै साढे चार गुणा अधिकको आवेदन 

काठमाडौं, १० चैत 

ग्रीन भेन्चर लिमिटेडको आईपीओको दोस्रो दिनमा साढे चार गुणा बढीको आवेदन परेको छ । कम्पनीको ८ चैत्रदेखि  ३१ लाख २५ हजार कित्ता साधारण सेयर आईपीओ खुलेकोमा दुई दिनमा ४.६३ प्रतिशत आवेदन परेको हो ।

सीडीएससीका अनुसार दुई दिनमा एक अर्ब ३३ करोड नाै लाख रुपैयाँ बराबरको एक करोड ३३ लाख नाै हजार  ३९० कित्ता सेयर आवेदन परेको छ ।

११ चैतसम्म आवेदन दिन सकिनेछ । ११ चैतलाई अन्तिम दिन तोकिएको आईपीओ आवेदन दिने समय अब दुई दिन बाँकी छ । कम्पनीले आईपीओमध्ये तीन प्रतिशतले हुने ९३ हजार ७५० कित्ता कम्पनीका कर्मचारी र पाँच प्रतिशतले हुने एक लाख ५६ हजार २५० कित्ता सेयर मिच्युल फण्डलाई बाँडफाँड गरिनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्