माछा बजारको रुपमा प्रख्यात रहेको मलेखु बजारमा माछाकै प्रतिमा अनावरण

माछा बजारको रुपमा प्रख्यात रहेको धादिङको मलेखु बजारमा माछाको प्रतिमाको उद्घाटन गरीएको छ । नेपालभर त्रिशुलीको लोकल माछा पाईने बजारको रुपमा प्रख्यात रहेको मलेखु बजारमा गजुरी गाउँपालिकाको आर्थिक सहयोगमा माछाको प्रतिमा निमार्ण गरीएको हो ।मलेखुको माछा भनेर प्रख्यात रहेको ठाउँलाई माछा कै रुपमा चिन्न र चिनाउनको लागि माछाको शालिक निर्माण गरीएको गाउँपालिका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले बताउनु भएको छ ।

मलेखुको माछा खानकै लागी धेरै मानिस मलेखु आउने गरेको भन्दै अध्यक्ष बस्नेतले बजार व्यावस्थापन र सरसफाई गर्नु अहिलेको आवश्यकता रहेको बताउनुभयो ।गजुरी गाउँपालिकाले ११ लाख ५० हजार रुपैयाको लागतमा माछाको शालिक निमार्ण गरीएको हो ।साँढे छ लाखमा माछाको प्रतिमा खरिद गरी पिल्लर टायल र अन्य श्रम ज्याल गरि ११ लाख ५० हजारमा शालिक बनाएको हो ।

उक्त कार्यक्रममा मलेखुमा सबै भन्दा पहिलो माछा व्यापार गर्ने एक जनालाई सम्मान गरीएको छ । वि.स २०३५ सालबाट माछाको व्यावसाय सूरु गर्ने छविलाल मरहठ्ठालाई सम्मान गरीएको हो ।ललितपुरका कालीगढ बाबुराजा महर्जजन र उनका छोरा अनिशको कलाकौशलबाट निर्मत निर्जिव ढलौटको उक्त माछाको प्रतिमा शनिवार गाउँपालिकाका अध्यक्ष  राजेन्द्र विक्रम बस्नेतले अनावरण गर्नुभएको हो । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्