धादिङमा यसरी मनाईयो विश्व क्षयरोग विरुद्धको दिवस(फोटो फिचर)

धादिङ,१० चैत।
विश्व क्षयरोग विरुद्धको दिवस धादिङमा विभिन्न कार्यक्रम गरि मनाईएको छ ।क्षयरोग अन्त्यका लागि लगानी बढाऔँ, जीवन बचाऔँ भन्ने नाराका साथ धादिङबेसीमा प्रभातफेरी सहित अन्तरक्रिया कार्यक्रम गरि मनाईएको हो ।

सरकारी तथा गैर सरकारी संघ–संस्थाको संयुक्त आयोजनामा सम्पन्न भएको प्रभातफेरी धादिङबेसी स्थित पुछारबजारबाट सुरु भई विपद हलमा पुगेर अन्तरक्रिया कार्यक्रममा परिणत भएको थियो ।

कार्यक्रममा नीलकण्ठ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णु रिजाल, नेपाल रेडक्रस सोसाईटीका धादिङ शाखाका सभापति नारायण तिमिल्सेना, विभिन्न संघ–संस्थाका प्रमुख एवं प्रतिनिधि, विद्यार्थी, नगर प्रहरी लगायत सरोकारवाला निकायका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

चेतनाको अभावका कारण अझै पनि रोग लुकाउने गरेकाले क्षयरोग नियन्त्रणमा चुनौती थपिएको कार्यक्रममा जानकारी गराईएको थियो । कार्यक्रममा क्षयरोगको बेलैमा पहिचान गरी औषधि खाए यो रोग पूर्णरुपमा निको हुने भन्दै उपचारमा आउनको लागि स्वास्थ्यकर्मीहरुले आग्रह गर्नुभएको थियो ।

No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्