कोरोना अपडेट : नेपालमा २ सय २४ संक्रमित थपिए,१ सय ५१ जना डिस्चार्ज

धादिङ,१६ श्रावण ।
नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ७ सय ७१ पुगेको छ । आज देशभर बिभिन्न स्थानमा गरिएको परिक्षणमा थप २ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताउनुभयो ।

हिजो बिहिबार २ सय ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । सङ्क्रमितमध्ये पछिल्लो अपडेट अनुसार २४ घण्टा भित्र १ सय ५१ जना डिस्चार्ज भएसँगै १४ हजार ३ सय ९९ जना संक्रमित निको भएर घर फर्किएका छन्।

यस्तै नेपालमा कोरोना कारण मृत्यु हुनेको सङ्ख्या  ५६  पुगेको छ । देशभर २४ घण्टामा १० हजार ७ सय ६८ जनाको पीसिआर परिक्षण गरिएको डा.गौतमले बताउनुभयो । यस्तै देशभर ५ हजार ३ सय १६ जना कोरोना संक्रमित आइसोलेसनमा रहेका छन् भने १२ हजार १ सय ११ जना क्वारेन्टाईनमा रहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्