सुनको मूल्य १ लाख नजिक,मूल्य अत्यधिक बढेसँगै कारोबार ठप्प

काठमाडौं । छापावाल सुनको मूल्य १ लाख नजिक पुगेको छ ।आज तोलामा दुई सय रुपैयाँ बढेर ९९ हजार ८ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  आइतबार ३ सय रुपैयाँ बढेर तोलाको ९९ हजार ६ सय पुगेको सुनको मूल्य सोमबार स्थिर रहेको थियो तर आज २ सय रुपैयाँ बढेर नयाँ रेकर्ड कायम गरेको हो।

यो हालसम्मकै उच्च मूल्य हो। यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार ३ सय ७५ पुगेको छ। चाँदीको मूल्य भने आइतबारदेखि नै स्थिर रहेको छ। अहिले चाँदीको मूल्य प्रतितोला १२ सय ३० रुपैयाँ छ । सुनको मूल्य अत्यधिक बढेसँगै कारोबार ठप्प हुँदै गएको महासंघले जनाएको छ ।  
 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्