कोरोना अपडेट : नेपालमा संक्रमितको सङ्ख्या २१ हजार नाघ्यो,६५ जना जना डिस्चार्ज

धादिङ,२० श्रावण ।
नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ९ पुगेको छ । आज देशभर बिभिन्न स्थानमा गरिएको परिक्षणमा थप २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताउनुभयो ।

हिजो सोमबार ४ सय १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । सङ्क्रमितमध्ये पछिल्लो अपडेट अनुसार २४ घण्टा भित्र ६५ जना डिस्चार्ज भएसँगै १४ हजार ९ सय ६१ जना संक्रमित निको भएर घर फर्किएका छन्।

देशभर २४ घण्टामा ७ हजार ६ सय ८७ जनाको पीसिआर परिक्षण गरिएको डा.गौतमले बताउनुभयो । यस्तै देशभर ५ हजार ९ सय २५  जना कोरोना संक्रमित आइसोलेसनमा रहेका छन् भने १० हजार ४ सय ५२ जना क्वारेन्टाईनमा रहेका छन् । यस्तै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्