स्थानिय सरकारको बेरुजु घटाउन नागरिक समाजको भुमिका र महत्वका बिषयमा अन्तर सम्वाद

धादिङबेशी,१४ चैत।
स्थानिय सरकारको बेरुजु घटाउन नगरिक समाजको भुमिका र महत्वका बिषयमा धादिङबेशीमा अन्तर सम्वाद कार्यक्रम सम्पन्न भएको छ।

सोमबारFHI 360, DEC NEPAL र USAID संयुक्त आयोजनामा पारस्परिक जवाफदेहिता परियोजना अन्तरर्गत स्थानिय सरकारको बेरुजु घटाउने सम्बन्धी नागरिक समाजको भुमिका र महत्व बिषयमा अन्तर सम्वाद कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा कोष तथा लेखा नियन्त्रक कार्यालय धादिङका कोष नियन्त्रक पुरुषोत्तम शर्माले सरकारी रकमको उपयोगमा अनुशासन र प्रभावकारिता, सरकारी आर्थिक कार्य प्रणाली, सरकारी रकमको प्रभावकारिता र आर्थिक अनुशासन मापन गर्ने तत्वहरु, बेरुजु र सार्वजनिक कोषको सदुपयोग, धादिङ जिल्लाका स्थानिय तहहरुका बेरुजुको स्थिति लगाएतका बिषयमा सहजीकरण गर्नुभएको थियो ।

No description available.

कार्यक्रममा नेपाल मानव अधिकार संगठन धादिङका अध्यक्ष कृष्णराज अधिकारी, गैसस महासघ धादिङका अध्यक्ष शालिकराम दुवाडी, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङका सभापति नारायण प्रसाद तिमल्सिना लगाएत संचारकर्मी तथा सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्