संघीय निजामती सेवा ऐन जारी गर्न माग राख्दै धादिङबाट प्रधानमन्त्रीलाई ज्ञापन पत्र(ज्ञापनपत्र सहित)

धादिङ,१४ चैत।
निजामती कर्मचारी युनियन धादिङले संघीय निजामती सेवा ऐन जारी गर्न माग गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएका छन्।

No description available.सोमबार निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति धादिङले निजामती सेवामा हाल कायम रहेको दशवटा सेवामा सूचना प्रबिधि सेवा थप गर्न, स्वास्थ्य सेवा र संसद सेवालाई पनि संघीय निजामती सेवामा समावेश गर्न लगाएतको बिभिन्न माग राख्दै धादिङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका हुन् ।निजामती कर्मचारी युनियन धादिङका अध्यक्ष प्रकाश सापकोटासहितको पदाधिकारी प्रशासन कार्यालय पुगेर ज्ञापन पत्र बुझाएको हो।

No description available.

देश संघिय राज्य व्यवस्थामा गएको लामो समयसम्म पनि संघिय शासन प्रणालीको कार्यान्वयनको लागि संघ, प्रदेश तथा स्थानिय तहको कर्मचारी प्रशासन व्यवस्थापन एवम मार्ग दर्शन गर्ने छाता कानुनको रुपमा रहेको संघीय निजामती सेवा ऐन जारी नहुदाँ मुलुकको सार्बजनिक प्रशासन अन्योल र अस्थिरतामा परेको ज्ञापनपत्रमा भनिएको छ।

No description available.

सार्बजनिक सेवा प्रबाहको प्रमुख माध्यमको रुपमा रहेको निजामती सेवालाई व्यवस्थापन गर्ने बिषय सरकारको प्राथमिकतामा नपर्नु चिन्ताको बिषय भएको भन्दै निजामती प्रशासनलाई संघिय शासन अनुरुपको ढाँचामा व्यवस्थित गरी सेवा प्रवाहलाई चुस्त, दुरुस्त, प्रभावकारी, पारदर्शी एवम नागरिक मैत्री गराउन ऐन जारी गर्र्नुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ।

यस्तो छ,ज्ञापनपत्र

No description available.

मागहरू-मात्र (1)

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्