गल्छी–७ को प्रशासनिक कार्यालय भवन उद्घाटन

धादिङ,१४ चैत।
धादिङको गल्छी गाउँपालिका वडा नम्बर ७ को प्रशासनिक कार्यालय भवनको उद्घाटन गरिएको छ ।

आज संघीय सांसद भूमि त्रिपाठीले नवनिर्मित भवनको उद्घाटन गर्नुभएको हो।कार्यक्रमलाई सम्बोधन गर्दै सांसद त्रिपाठीले पूर्वाधार विकासले जनताको विकास र समृद्धिका लागि समेत सहयोग पुग्ने बताउनुभएको छ ।

राम्रो पार्टी र अशल पार्टीमा हुँदा मात्र राम्रो हुने भएकोले पार्टी छाडेर जानेहरुलाई मूल घरमा फर्किन त्रिपाठीले आग्रह गर्नुभयो ।भाडामा बस्दै आएको वडा कार्यालय भवन निर्माणपछि नागरिकहरुले सेवा पाउने र आफूले जनताका लागि काम गरेको वडाअध्यक्ष हरी खतिवडाले बताउनुभयो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष कृष्णहरी श्रेष्ठ, उपाध्यक्ष राधा तिमल्सीना,वडा अध्यक्षहरु लगाएतको सहभागिता रहेको थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्