दोहो¥याएर बैदेशिक रोजागारीमा जाँदा अभिमुखीकरण तालिम लिनु नपर्ने

काठमाडौँ,१४ चैत ।

एकपटक बैदेशिक रोजगारीमा गएर फर्किएकाहरुले फेरि बिदेश जाँदा अभिमुखिकरण तालिम लिनु नपर्ने भएको छ ।

बैदेशिक रोजागारीमा जादा अनिवार्य अभिमुखीकरण तालिम लिनुपर्ने व्यवस्था भए पनि अब देखि एकपटक वैदेशिक रोजगारमा गएर फर्किएकाहरूले फेरि विदेश जाँदा अभिमुखीकरण तालिमको कक्षा लिनु नपर्ने भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले हिजोदेखि विदेश गएर फर्किएका र उही काममा विदेश जानेहरुले फेरि अभिमुखीकरण लिनुपर्ने बाध्यात्मक व्यवस्था हटाएको जानकारी दिनुभएको हो ।

तर नयाँ श्रम स्वीकृति लिएर पहिलो पटक बैदेशिक रोजगारीमा जाने जोसुकैले भने अभिमुखीकरण लिनुपर्ने व्यवस्था कायमै रहेको उहाँले बताउनु भयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्